काठमाडौं, कात्तिक २३ । चुनावको मिति नजिकिँदै जाँदा काठमाडौंमा नेकपा माओवादी केन्द्रमा पहिरो गएको छ । काठमाडौं क्षेत्र नम्बर ३ मा आज नेकपा माओवादी केन्द्रका बागमती प्रदेश परिषद सदस्य पेमाछिरी शेर्पासहित ४९ जना नेकपा एमाले प्रवेश गर्नुभएको छ ।

नेकपा एमाले निर्वाचन परिचालन कमिटि क्षेत्र नं ३ ले आयोजना गरेको उम्मेदवार– मतदाता भेटघाट कार्यक्रममा नेकपा एमाले काठमाडौँ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार कृष्ण राई र प्रदेश (ख) का उम्मेदवार रामेश्वर फुयाँलले अबिर र माला लगाइ नेकपा माओवादीका पेमाछिरी शेर्पा सहित ३७ जना, एकिकृत समाजवादीका ९ जना र जसपाका ३ जनागरि ४९ जनालाई नेकपा एमाले पार्टीमा प्रवेश गराउनु भयो ।
पेमाछिरी शेर्पा गत स्थानीय निर्वाचनमा नेकपा माओवादीको तर्फबाट गोकर्णेश्वर नगरपालिकामा उपमेयरको उम्मेदवार हुनुहुन्थ्यो ।
हेर्नाेस सूची















प्रतिक्रिया दिनुहोस्