जनता टाइम्स

२३ कार्तिक २०७९, बुधबार १९:३६

जनताको मतले गठबन्धन भत्किने एमाले उपाध्यक्ष ज्ञवालीको दाबी


दाङ, २३ कात्तिक । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले ४ मंसिरपछि वर्तमान वाम लोकतान्त्रीक गठबन्धन भत्किने दाबी गर्नुभएको छ । दाङको श्रीनारायण चोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ज्ञवालीले पाँच दलीय गठबन्धन चुनावी परिणामसँगै समाप्त हुने दाबी गर्नुभएको हो ।

त्यसपछि एमाले नेतृत्वको सरकार बन्ने उहाँको भनाइ छ । देश र राष्ट्रियता बचाउन एमालेको नेतृत्व चाहिने उहाँले बताउनुभयो । वर्तमान गठबन्धन अग्रगामी नभएको उहाँको आरोप थियो । ‘नेताको टाउको जोडिँदैमा गठबन्धन हुँदैन । यो गठबन्धन जनताको मतले भत्किँदै छ,’ उहाँले भन्नुभयो ।