बुटवल, कात्तिक २७ । लुम्बिनी प्रदेशका पुर्व मन्त्री तथा नेकपा एमाले रुपन्देही क्षेत्र नं. २ (१) का उम्मेदवार लिला गिरीले देशलाई आर्थिक रुपले सम्पन्न गर्न एमालेको बहुमतको सरकार आवश्यक रहेको बताउनु भएको छ ।
आइतबार तिलोत्तमा ५ मा भएको घरदैलो कार्यक्रममा नेता गिरीले देशलाई समृद्ध बनाउंदै आर्थिक रुपमा माथि उठाउन एमाले नेतृत्वको बहुमत सरकार आवश्यक रहेको बताउनु भयो । अहिले गठबन्धनको सरकार रहँदा आर्थिक सूचाकांकहरु सवै क्रृणात्मक भएको बताउंदै उहाँले समृद्ध देश र आर्थिक सम्पन्नताका लागि एमालेलाई मत दिन सवै मतदातालाई आग्रह गर्नुभयो ।

देशमा नयांँनयाँ रोजगारीका अवसरहरु सिर्जना गर्ने, उद्योगहरु स्थापनाका लागि आकर्षित गर्ने, बन्द उद्योग सञ्चालन गर्नुका साथै बैदेशिक लगानीका ठुला उद्योगहरु स्थापना गर्दै देशलाई आर्थिक रुपले सम्पन्न गर्ने योजना एमालेको रहेको उहाँले बताउनु भयो । आर्थिक रुपले सम्पन्न देश हुनासाथ स्वतः रोजगारी बढ्ने र विदेशमा गएका युवाहरुलाई स्वदेशमै फर्काउन सकिने उहाँको भनाई छ ।
नेता गिरीले अहिलेको सरकारबाट जनताले विकास, समृद्धि, आर्थिक सम्पन्नता, सुशासन केही पनि अनुभुती गर्न नपाएको भन्दै गठबन्धन मात्र आफ्नो स्वार्थका लागि बनेको घाम जस्तै छर्लङ्ग भएको बताउनु भयो । मतदाताको घरदैलोमा मत माग्दै पुगेका गिरीलाई मतदाताहरुले सडकको स्तरोन्नती, नाली व्यवस्थापन गरिदिन माग गरेका थिए ।

गिरीले एमाले नेतृत्वको सरकार बनेपछि सधै सेवक बनेर काम गर्ने र विकास निर्माणका काम, मानवीय विकासका योजनाहरु एकसाथ कार्यान्वयनमा लगिने बताउनु भयो । साथै तिलोत्तमामा रहेका खेलमैदानको स्तरोन्नतीका लागि पनि आफु लाग्ने उहाँले बताउनु भयो । बुटवलको गौतमबुद्ध मुटु अस्पताललाई आवश्यक जग्गाको प्रबन्ध गर्न आफु प्रतिबद्ध रहेको सो अवसरमा उहाँले प्रतिवद्धता जनाउनु भयो ।













प्रतिक्रिया दिनुहोस्