जनता टाइम्स

२९ कार्तिक २०७९, मंगलवार १४:०५

महेश बस्नेतलाई सामाजिक अभियन्ता बसन्तको साथ, भक्तपुर-२ का मतदातालाई गरे यस्तो अपील


भक्तपुर कार्तिक २९ । नेपाल रेडक्रस सोसाइटीका विशिष्ट सदस्य तथा सामाजिक अभियन्ता बसन्तकुमार श्रेस्ठले नेकपा एमालेका नेतामहेश बस्नेतलाई जिताउन अपील गर्नुभएको छ ।

भक्तपुरको बिकाशका लागि महेशको जीत अनिवार्य रहेकोले जिताउनु पर्ने निष्कर्ष उहाँले सुनाउनु भएको हो ।

भक्तपुर–२ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार बस्नेतलाई भेटेरै अभियन्ता श्रेस्ठले जीतको लागि शुभकामना दिनुका साथै आफू पनिजिताउने काममा लाग्ने बताउनु भएको छ ।

श्रेस्ठ सोही निर्वाचन क्षेत्रका मतदाता हो । उहाँले १२८ पटक रक्तदान गर्नुभएको छ भने नेपाल  र रेडक्रसको अनमियता, सन्डिकेट रबेतिथि बिरूद्द आवाज बुलन्द गर्ने रेडक्रस अभियान्ता  पनि हो ।

बालकोट निवासी बसन्तले महेश बस्नेतले सवैको कामको सम्मान रबिकाशको नेतृत्व गर्ने भएकोले जिताउनु पर्ने अपील गर्नुभयो । पूर्वमन्त्री बस्नेतले श्रेस्ठको कामको कदरसहित सम्मान गर्नुभएपछि उहाँलेयस्तो अपील गर्नुभएको हो ।

महेश बस्नेत जस्तो बिकाशप्रेमी नेता भक्तपुर–२ मा कोही छैन, उहाँले यहाँको बिकाशको नेतृत्व गर्नुभएको छ, यस्तो काम गर्ने मानिस नैजित्नु पर्छ, म सवै भक्तपुर–२ का साथीभाई, इस्टमित्रलाई अपील गर्छु, अभियन्ता श्रेस्ठले भन्नुभयो ।