जनता टाइम्स

७ मंसिर २०७९, बुधबार १२:३८

अर्घाखाँची प्रदेश सभा क मा एमाले उम्मेदवार आर्चाय विजयी


गणेश खनाल/ अर्घाखाँची । अर्घाखाँचीमा प्रदेश सभा (क)मा नेकपा एमालेका उम्मेदवार चेतनारायण आर्चाय विजयी हुनुभएको छ ।आर्चायले २० हजार ५ सय १८ मत लिएर विजयी हुनुभएको हो ।

उहाँका निकतम प्रतिस्पर्धि गठबन्धनका साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाका उम्मेदवार सागर केसिले १९ हजार ७ सय ७८ मत प्राप्तगर्नुभएको छ । आर्चायले  ७ सय ४० मत अन्तरले विजयी हुनुभएको हो ।

गठबन्धनका तर्फबाट उम्मेदवार रहनुभएकी पुष्पा भुसाल भन्दा प्रतिनिधि सभामा नेकपा एमालेका उम्मेदवार टोपबाहादुर रायमाझीकोअग्रता रहेको छ ।

प्रदेश (ख) मा गठबन्धन साझा उम्मेदवार नेपाली काग्रेसका कमल प्रसाद भुसाल भन्दा एमालेका उम्मेद्वार रामजिप्रसाद घिमिरे अग्र स्थानमा रहनुभएको छ ।