जनता टाइम्स

७ मंसिर २०७९, बुधबार १७:१०

रुपन्देही ५ (क) बाट एमालेका पूर्वसांसद भूमिश्वर ढकाल विजयी


भैरहवा, ७ मंसिर । रुपन्देही ५ (क)बाट एमालेका भूमिश्वर ढकाल विजयी हुनुभएको छ । सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका विनोद पहाडीलाई पराजित गर्दै विजय निकाल्नुभएको हो । ढकालले १९ हजार ७८ मत प्राप्त गर्दा पहाडीले ११ हजार तीन सय ६८ मत प्राप्त गर्नुभएको छ ।

विजयी भए पनि निर्वाचन कार्यालयले भने घोषणा गरेको छैन । प्रतिनिधिसभा र समानुपातिकतर्फ मतपत्र हुन सक्ने भन्दै आधिकारिक घोषणाा नगरेको हो । रुपन्देही ५ (क) तर्फ ७४ हजार ६ सय ५९ मतदाता थिए । विजयी ढकाल लुम्बिनी प्रदेश पूर्व संसद हुन् ।