जनता टाइम्स

८ मंसिर २०७९, बिहीबार १०:१८

रूपन्देही-२ को क बाट पूर्वमन्त्री लिला गिरी विजयी


रुपन्देही, मंसिर ८ । रूपन्देहीको क्षेत्र नम्बर २ प्रदेश सभा क बाट नेकपा एमालेका लिला गिरी विजयी हुनुभएको छ । लुम्बिनी प्रदेश सरकारको मन्त्रीको पद सम्हालेका गिरी १७ हजार ६३२ मतसहित विजयी हुनुभएको हो ।

गिरीले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दीर्घबहादुर केसीलाई २ हजार ७३५ मतले पराजित गर्नुभएको हा । केसीले १४ हजार ८ सय ९७ मत प्राप्त गर्नुभएको छ ।

६३ हजार ५ सय ३ मतदाता रहेको प्रदेश सभा १ मा २ हजार २ सय ५४ मत बदर भएको छ भने ३८ हजार ५ सय २६ मत सदर भएको छ ।