जनता टाइम्स

८ मंसिर २०७९, बिहीबार १६:४८

चितवन-१ बाट रास्वपाका हरि ढकाल बिजयी, एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे र गठबन्धनका बिश्व पौडेल पराजीत


चितवन, मंसिर ८ । चितवन क्षेत्र नम्बर १ बाट पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदबाट राजीनामा दिएर प्रतिनिधिसभा उम्मेदवार बन्नुभएका अर्थशास्त्री विश्वनाथ पौडेललाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल विजयी हुनुभएको छ ।

ढकालले ३४ हजार १८९ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले २६ हजार ६०८ मत पाउनु भएको छ । निर्वाचन अधिकृत रेशमराज सिग्देलका अनुसार सो क्षेत्रमा सत्तारूढ गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका विश्वनाथ पौडेलले २४ हजार ९९० मत प्राउनु भएको छ ।

३८ वर्षीय ढकालले पाण्डे र पौडेललाई भारी मतान्तरले पराजित गर्नुभएको हो । पाण्डे ७० सालको संविधान सभा सदस्य निर्वाचन र ७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा चितवन १ बाटै विजयी हुनुभएको थियो ।