जनता टाइम्स

९ मंसिर २०७९, शुक्रबार २०:४४

कपिलवस्तु ३ मा एमालेका मंगल गुप्ता विजयी


कपिलवस्तु, ९ मंसिर । कपिलवस्तु क्षेत्र नम्बर ३ बाट एमालेका मंगलप्रसाद गुप्ता निर्वाचित हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका अभिषेक प्रताप शाहको अविराम विजयलाई रोक्दै निर्वाचित हुनुभएको हो । केही समयअघि मात्र एमाले प्रवेश गरेका गुप्ताले यसपटक विगतका सबै पराजयको बदला लिनुभएको छ ।

गुप्ताले २२ हजार ६ सय १९ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकप्रताप शाहले १८ हजार ९८२ मत प्राप्त गर्नुभयो । उहाँहरुबीचको मतान्तर ३ हजार ६३७ रहेको छ । यो क्षेत्रमा एमालेको संसदीय इतिहासमै पहिलो बिजय हो ।