काठमाडौ., ९ मंसिर । गुल्मी १ को प्रदेश सभा १ मा नेकपा एमालेका चिन्तामणी पाण्डे निर्वाचित हुनुभएको छ । नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष तथा पूर्वमन्त्री सुदर्शन बराललाई पराजित गर्दै पाण्डे निर्वाचित हुनुभएको हो ।
सत्तारुढ गठबन्धनको साझा उम्मेदार बनेका बराललाई ८२४ मतान्तरले हराउँदै पाण्डे प्रदेशसभामा निर्वाचित हुनुभयो । बराल ०६४ सालमा गुल्मी १ बाट संविधान सभा सदस्य निर्वाचित हुनुभएको थियो । पाण्डेले १५ हजार १२७ मत पाउँदा माओवादी केन्द्रका बरालले १४ हजार २६३ मत पाउनुभयो।
गुल्मी १ बाट गठबन्धनका उम्मेदार कांग्रेसका डा.चन्द्र भण्डारी प्रतिनिधि सभामा र धनेन्द्र कार्की प्रदेश सभामा निर्वाचित भएपनि माओवादीबाट बराल पराजित भएपछि कांग्रेसले अन्र्तघात गरेको माओवादीहरुले आक्रोस ब्यक्त गरेका छन् ।













प्रतिक्रिया दिनुहोस्