जनता टाइम्स

१० मंसिर २०७९, शनिबार ०८:०९

सत्ता गठबन्धनका डाक्टरलाई हराउदै चितवन–३ बाट राप्रपाका विक्रम पाण्डे विजयी


काडमाडौँ, १० मंसिर । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे विजयी हुनुभएको छ । शुक्रबार राति सम्पन्न मतगणनामा पाण्डे नौ हजार दुई सय ३३ मतान्तरका साथ विजयी हुनुभएको हो ।

पाण्डेले ३५ हजार ५५ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका उम्मेदवार डा. भोजराज अधिकारीले २५ हजार आठ सय २२ मत प्राप्त गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले १४ हजार ८४२ मत प्राप्त गर्नुभयो ।

स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले १२ हजार २७५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा ९४ हजार २८० मत खसेको थियो ।