जनता टाइम्स

१० मंसिर २०७९, शनिबार ०८:११

अब २० क्षेत्रमा नतिजा आउन बाँकी, कहाँ कसको अग्रता


काठमाडौं, १० मंसिर । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको नतिजा आइरहेको छ। हालसम्म १६५ क्षेत्रमध्ये १४५ क्षेत्रको अन्तिम नतिजा आइसकेको छ।

बाँकी रहेका २० क्षेत्रमध्ये ३ क्षेत्रको मतगणना अझै सुरू भएको छैन। बाँकी १८ क्षेत्रमा मुख्यतया नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी पार्टीले अग्रता लिएका छन्।

जसमा प्रदेश एकमा सबैभन्दा बढी ८ क्षेत्रको नतिजा आउन बाँकी रहँदा मधेश प्रदेशमा ६, बागमतीमा २, कर्णाली र लुम्बिनीमा १(१ क्षेत्रको अन्तिम नतिजा आउन बाँकी छ।अब नेकपा एमालेले ६, नेपाली कांग्रेस ६, नेकपा माओवादी केन्द्र २, राष्ट्रिय स्वतन्त्र पार्टी १, जसपा १ र राप्रपा १ स्थानमा अग्रता लिएका छन्।

हेर्नुहोस् कुन क्षेत्रमा कसको अग्रता
प्रदेश १ (८ क्षेत्र बाँकी)
इलाम १-

महेश बस्नेत (एमाले)-१५४२६
झलनाथ खनाल (एकीकृत समाजवादी)-१२७००

इलाम-२
सुबास चन्द्र नेम्बाङ (एमाले)-२६२४४
डम्बर कुमार खड्का (कांग्रेस) -२५७१०

मोरङ १
घनश्याम खतिवडा (एमाले)-२१२६७
डिगबहादुर लिम्बू (कांग्रेस) -२११९२

सुनसरी १
गोमा तामाङ (स्वतन्त्र)-९६१४
अशोककुमार राई (जसपा)-८४२६
मुक्सामहाङ सुब्बा (माओवादी केन्द्र)-७४८०

सुनसरी-२
भीम प्रसाद आचार्य (एमाले)- २२०९७
सीताराम महतो (कांग्रेस) -१८४७७
लालबिक्रम थापा (स्वतन्त्र) -१६११२

सुनसरी-३
भगवती चौधरी (एमाले)- १३६७८
विजयकुमार गच्छदार (कांग्रेस)- ९३२८
कमलबाबु मैनाली (स्वतन्त्र) ४८९६

सुनसरी-४
जगदिशप्रसाद कुसियैत (एमाले)-२०७३८
ज्ञानेन्द्र बहादुर कार्की (कांग्रेस) – २०६६२

उदयपुर १
नारायण खड्का (कांग्रेस)- २१८३३
मञ्जुकुमारी चौधरी (एमाले)- २०१२०

मधेश प्रदेश (६ क्षेत्रको बाँकी)
सप्तरी- ४ 

तेजुलाल चौधरी- (नेपाली कांग्रेस)- १३१८३
बाल किशोर यादव- (जसपा)-१०६७३
सुकदेव प्रसाद साह (जनमत)- ८३१६

धनुषा- १ 
दीपक कार्की (जसपा)- १५१०३
मात्रिका प्रसाद यादव (माओवादी केन्द्र)- ११७९२
किशोरी साह (जनमत)- ८६१७

धनुषा ४
महेन्द्र यादव (कांग्रेस)- १६९२७
रघुबीर महासेठ (एमाले)- १४३९८

महोत्तरी- १
गिरीराज मणि पोखरेल (माओवादी केन्द्र)- १७४९२
लक्ष्मी महतो कोइरी (एमाले)-१५७१२

महोत्तरी- ४
महेन्द्र कुमार राय (कांग्रेस) – २५४२०
सुरेन्द्र कुमार यादव (जसपा) – २१२९६
मनोजकुमार साह (जनमत) – १००३९

सर्लाही- २
महिन्द्र राय यादव (माओवादी केन्द्र) – २०७३८
राजेन्द्र महतो (लोसपा) -१८७९३
राजनारायण साह (एमाले) – १३६४३

बागमती प्रदेश (१ क्षेत्रको आउन बाँकी)

रामेछाप
पूर्ण तामाङ (कांग्रेस)- २८६००
कैलाश ढुंगेल (एमाले) – २११७९

लुम्बिनी प्रदेश (१ क्षेत्रको आउन बाँकी)

रूपन्देही ३
दीपक बोहोरा (राप्रपा) – ३२४४८
बालकृष्ण खाँड (नेपाली कांग्रेस)- ३१००६

कर्णाली प्रदेश (१ क्षेत्रको आउन बाँकी)

मुगु
ऐन बहादुर शाही ठकुरी- (नेपाली कांग्रेस) १३०९१
राज बहादुर कार्की (एमाले)- ९८८४

गणना हुन बाँकी

१. दोलखा
२. स्याङ्जा २
३. बाजुरा