जनता टाइम्स

१० मंसिर २०७९, शनिबार १४:०६

रुपन्देही ३ (२) मा एमालेका चौधरी विजयी


रुपन्देही, १० मंसिर । रुपन्देहीको प्रतिनिधिसभा क्षेत्र ३ अन्तर्गत प्रदेशसभा २ मा नेकपा (एमाले) का तुलसीप्रसाद चौधरी निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र ढकालाई दुई सय १ मतले पछि पार्दै चौधरी दोस्रो पटक प्रदेशसभा सदस्यमा विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत रामकृष्ण कोइरालाले जानकारी दिनुभयो ।

एमालेका उम्मेदवार चौधरीले १६ हजार तीन सय ९४ मत प्राप्त गर्नुभयो भने कांग्रेसका ढकालले १६ हजार एक सय ९३ मत ल्याउनुभयो । रुपन्देही क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यमा भने मतगणना जारी छ । यस निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरा र गृहमन्त्री बालकृष्ण खाण बिच प्रतिस्पर्धा छ ।