जनता टाइम्स

१२ मंसिर २०७९, सोमबार ०६:५९

सुनसरी १ बाट जसपाका अशोक राई प्रतिनिधि सभा सदस्यमा निर्वाचित


काठमाडौं, १२ मंसिर। सुनसरी १ बाट जनता समाजवादी पार्टीका अशोककुमार राई निर्वाचित हुनुभएको छ । राष्टिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गर्दै राई प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

राईले १७ हजार ५९ मत ल्याउनुभयो भने तामाङले १६ हजार ६०६ मत पाउनुभयो।

माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत ल्याएर तेस्रो हुनुभयो ।यस्तै, राप्रपाका अशोककुमार राईले सात हजार ८८४, एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिनुभएका मनोजकुमार मेयाङ्गबोले सात हजार ८१२, अर्का स्वतन्त्र तर्कबहादुर मगरले तीन हजार ८१८, कुमार कार्कीले एक हजार ८६४, मातृकाप्रसाद भट्टराईले एक हजार ७६० मत पाएका छन् ।