जनता टाइम्स

१३ मंसिर २०७९, मंगलवार १४:१७

एकीकृत समाजवादीका मन्त्रीलाई हराउँदै एमालेका महतो विजयी


धनुषा, १३ मंसिर । मधेश प्रदेशसभातर्फ धनुषा क्षेत्र नम्बर ४ (२) मा नेकपा एमालेका हरिनारायण महतो निर्वाचित हुनुभएको छ ।

मधेश प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतोलाई हराउँदै हरिनारायण निर्वाचित हुनुभएको हो ।

विजयी भएका एमाले उम्मेदवार हरिनारायणले १७ हजार ३०२ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी मन्त्री शत्रुधनले १५ हजार ९६० मत प्राप्त गर्नुभयो । हरिनारायण मिथिला नगरपालिकाका पूर्वमेयर समेत हुनुहुन्छ ।