जनता टाइम्स

१३ मंसिर २०७९, मंगलवार १६:१०

एकीकृत समाजवादीले सभामुख र राष्ट्रपति मध्ये एकमा वार्गेनिङ गर्ने


काठमाडौं, १३ मंसिर । नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधिसभाको सभामुख वा राष्ट्रपति मध्ये एकमा वार्गेनिङ गर्ने भइको छ । निर्वाचनको समिक्षा गर्न बसेको बैठकमा यसवारे लिखित निर्णय भएपनि आन्तरिक सहमति भएको बताइएको छ ।

बैठकले निर्वाचन परिणाम अपेक्षाकृत नभए पनि माने रजानुको विकल्प नभएको र त्यसको शाधभर्नाका रूपमा प्रतिनिधिसभाको सभामुख वा राष्ट्रपति मध्ये एकमा वार्गेनिङ गर्ने रणनीति बनाएको छ । सभामुख भए राजेन्द्र पाण्डे र राष्ट्रपति पाए झलनाथ खनाललाई पठाउने सहमति गरिएको श्रोतले बताएको छ ।

‘गठबन्धनलाई कायम राखेर जाादा नै उपयुक्त हुने निष्कर्ष निकालेको बताउँनु हुँदै सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले भन्नुभयो ‘गठबन्धनलाई निरन्तरता दिनुपर्छ । गठबन्धनले निरन्तरता प्राप्त पनि गर्छ । गठबन्धनको बहुमत पनि पुग्छ ।’