जनता टाइम्स

१८ मंसिर २०७९, आईतवार १६:१८

यी खेलाडी छन बिश्वकपमा गोल्डेन बुटका दावेदार


कतार,मंसिर १८ । कतारमा जारी फिफा विश्वकपको २२औं संस्करणमा पनि ‘गोल्डेन बुट’को दौड सुरु भइसकेको छ। समूह चरणका खेल सकिँदा काइलिन एमबाप्पे, इनर भ्यालेन्सिया, कोडी गाक्पो, अल्भारो मोराटा, मार्कस रासफार्ड तीन गोलसहित ‘गोल्डेन बुट’को दौडमा अगाडि छन्।

जारी विश्वकप खेल्ने सर्वाधिक गोलकर्ता जर्मनीका थोमस मुलर छन। यसअघिका विश्वकपमा १० गोल गरिसकेका मुलर यसपटक गोलविहीन हुँदै घल फर्किसकेका छन्। तीन गोल गरेका इक्वेडरका इनर भ्यालेन्सिया पनि कतारबाट घर पुगिसकेका छन्। उनीहरू बाहेकका खेलाडी भने ‘गोल्डेन बुट’को दौडमा छन्। अघिल्लो संस्करणमा सर्वाधिक ६ गोलसहित ‘गोल्डेन बुट’ जितेका इङ्ल्यान्डका कप्तान हेरि केनले भने अहिलेसम्म गोल गर्न सकेका छैनन्।

‘गोल्डेन बुट’ विश्वकप फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड हो। विश्वकप फुटबलको यो अवार्ड जित्नुको अर्थ महान् खेलाडीको सूचीमा आफूलाई समावेश गर्नु पनि हो। त्यसैले यो अवार्डले खेलाडीका जीवनमा पनि विशेष अर्थ राख्दछ।

यी हुन दावेदार

१. इनर भ्यालेन्सिया (इक्वेडर) ३ गोल
२. काइलिन एमबाप्पे (फ्रान्स) ३ गोल
३. कोडी गाक्पो (नेदरल्यान्ड्स) ३ गोल
४. अल्भारो मोराटा (स्पेन) ३ गोल
५. मार्कस रासफोर्ड (इङ्ल्यान्ड) ३ गोल
६. फरान टोरेस (स्पेन) २ गोल
७. मेहेदी तारेमी (इरान) २ गोल
८. ओलिभर जिरुड (फ्रान्स) २ गोल
९. रिचार्लिसन (ब्राजिल) २ गोल
१०. लियोनल मेसी (अर्जेन्टिना) ३ गोल