जनता टाइम्स

१८ मंसिर २०७९, आईतवार १९:१२

राप्रपा प्रवक्ता श्रेष्ठको नजरमा यस्ता छन सरकार गठनमा माओवादीका ५ विकल्प


काठमाडौं, १८ मंसिर । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक शनिबारबाट सुरु भएको छ । आइतबार पनि बस्दै छ । पेरिसडाँडास्थित पार्टी मुख्यालयमा शनिबार बसेको माओवादी पदाधिकारी बैठकले सरकार गठनका विषयमा सबै विकल्प खुला राख्ने निर्णय गरेको छ ।

सबै विकल्प भन्नले के–कस्ता विकल्प हुन् माओवादीले खुलाएको छैन । तर, माओवादीले नखुुलाए पनि पाँच विकल्प हुन सक्ने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताउँनु हुन्छ ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा प्रवक्ता श्रेष्ठले माओवादीको नयाँ सरकार गठनका विषयमा पाँच विकल्प हुन सक्ने उल्लेख गर्नुभएको छ ।

पाँच विकल्पमा सरकार बनाउन कांग्रेस वा एमालेसँग मिल्ने, सरकारको नेतृत्वमा आफैं अघि बढ्ने, राप्रपालाई सरकारको नेतृत्वका लागि प्रस्ताव गर्ने, कांग्रेस, एमालेबाहेक अरु जो कोहीलाई समर्थन गर्ने र प्रतिपक्षमा बस्ने रहेको प्रवक्ता श्रेष्ठको अनुमान छ ।