जनता टाइम्स

१९ मंसिर २०७९, सोमबार ०९:१४

दोलखाबाट गठबन्धनका गंगा कार्की बिजयी, ३१७ मतले हारे एमालेका शिवकोटी


दोलखा, मंसिर १९ दोलखाबाट प्रतिनिधि सभा सदस्यमा सत्तारुढ गठबन्धनका उम्मेद्वार नेकपा माओवादीका गंगा कार्की निर्वाचितहुनुभएको

कार्कीले नेकपा एमालेका बालकृष्ण शिवकोटीलाई ३१७ मतको अन्तरमा पराजित गर्दै जीत निकाल्नु भएको हो

मतगणनाको अन्तिम परिणाम आउदा कार्कीले ३६ हजार ७९९ शिवकोटीले ३६ हजार ४८१ मत पाउनुभएको । दोलखामा गठबन्धनले ११ ठाउमा बूथ कब्जा गरेपनि केही मतदान केन्द्रमा मात्र पुन:मतदान भएको थियो ।

भूषाफेदासहित ६ वटा बूथ कब्जालाई मान्यता दिदा एमालेले हार ब्यहोरेको हो ।