जनता टाइम्स

२१ मंसिर २०७९, बुधबार १२:१२

चोलेन्द्रविरुद्धको महाअभियोग निष्क्रिय, आजै अदालत जाँदै


काठमाडौं, २१ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा पेस भएको महाअभियोग प्रस्ताव निष्क्रिय बनेको छ । संसदका महासचिव डा. भरतराज गौतमले उह्ाँलाई महाअभियोग निष्क्रिय भएको पत्र दिनुभएको छ । राणाले संसदको पत्र आफूले पाएको बताउनुभएको छ । महाअभियोग निष्क्रिय भएसँगै आजै आफू अदालतमा हाजिर हुने समेत उहाँले जानकारी दिनुभयो । चोलेन्द्रको कार्यकाल भने धेरै बाँकी छैन । उहाले आगामी २७ गते अवकाश पाउँदै हुनुहुन्छ ।