जनता टाइम्स

२३ मंसिर २०७९, शुक्रबार १२:५९

मोटरसाइकल दुर्घटना हुँदा दाङमा दुई जना घाइते


काठमाडौं, २३ मंसिर । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । बिहीबार घोराही उपमहानगरपालिका १६ धाईरीखुट्टेमा भएको उक्त दुर्घटनामा दुईजना घाइते भएका हुन् ।

घाइते हुनेहरूमा मोटरसाइकल चालक घोराही १८ का २८ वर्षीय छवि बिक र पछाडि सवार ३० वर्षीय वसन्त बिक रहेको प्रहरीले जनाएको छ ।

घाइते दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको छ ।