जनता टाइम्स

२४ श्रावण २०७६, शुक्रबार १०:४०

भारतबिरुद्ध आक्रामक बन्यो पाकिस्तान : काश्मीरमा हस्तक्षेप गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल


इश्लामाबाद, साउन २४ । जम्मु काश्मीरलाई विशेष दर्जा दिने भारतीय संविधानको धारा ३७० को रद्ध गर्ने फैसलाप्रति पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कडा प्रतिक्रिया जनाउनुभएको छ । पाकिस्तानका प्रधानमन्त्री खानले जम्मु काश्मीर मामिलामा हस्तक्षेप गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ ।

पाकिस्तानका प्रधानमन्त्रीले ट्विट गर्दै भन्नुभएको छ, “दुनियाले प्रतिक्षा गरिरहेको छ । भारतको कब्जामा भएको काश्मीरबाट कर्फयु हटोस् र थाहा होस् कि उत्पीडित काश्मीरीका बारेमा के भइरहेको छ । के भाजपाको सरकारले भारी मात्रामा काश्मीरीको विरुद्ध सुरक्षा बल खटाएर आजादीको आन्दोलन रोकिन्छ ? यसबाट आन्दोलन अझ धेरै अगाडि बढ्नेछ ।”

बिबिसीका अनुसार पाक प्रधानमन्त्री खानले दोस्रो ट्विट गर्दै अन्तर्राष्ट्रिय समुदायलाई भारतद्वारा कब्जा गरिएको काश्मीरमा नरसंहारको साक्षी नबन्न आग्रह गर्नुभएको छ ।