रुपन्देही, २८ मंसिर । रुपन्देहीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । शुद्धोदन गाउँपालिका–५ रजाडमा गएराति भएको दुर्घटनामा महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा पैदलयात्री स्थानीय पुजनी थारु रहनुभएको छ ।
उहाँको उपचारको क्रममा युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पताल भैरहवामा राति ११ बजे मृत्य भएको प्रहरीले बताएको छ । मोटरसाइकल चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय छपियाले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्