काठमाडौं, २ पुस । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफूहरु प्रतिपक्षमा बस्ने बताउनुभएको छ । नेकपा एमाले पर्वत–काठमाडौँ सम्पर्क मञ्चले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले यस्तो बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘नेकपा एमाले अहिले सरकारमा जाँदैन, बरु प्रतिपक्षमा बसेर काम गर्छ ।’ उहाँले पाँच दलीय गठबन्धनले एमालेलाई चौतर्फी घेराबन्दी गर्दा पनि एमालेले जनताको बीचबाट राम्रो मत पाएको बताउनुभयो । उहाँले पर्वतबाट निर्वाचित सांसदहरुलाई जनताको पक्षमा काम गर्न र अहिलेको नतिजाबाट नआत्तिन समेत आग्रह गर्नुभयो ।
प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएको पर्वतमा गत मङ्सिर ४ मा भएको निर्वाचनमा एमाले विजयी भएको थियो । साथै दुवै प्रदेशसभामा पनि एमालेका उम्मेदवार विजयी भएका थिए ।(((













प्रतिक्रिया दिनुहोस्