जनता टाइम्स

२ पुष २०७९, शनिबार १९:४६

एमाले अध्यक्ष ओली र रास्वपा अध्यक्ष रबि लामिछानेबीच भेटवार्ता


काठमाडौं, २ मंसिर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेबीच भेटवार्ता भएको छ । ओली निवास बालकोटमा उनीहरूबीच गएराति भेटवार्ता भएको हो ।

सत्ता समीकरणको विषयमा उहाँहरूबीच छलफल भएको बताइएको छ । निर्वाचनमा दोस्रो ठूलो दल बनेको एमालेले सरकार गठन प्रक्रियाका लागि दलहरूसँग सम्बाद गरिरहेको छ ।