काठमाडौं, पुस १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड प्रधानमन्त्री बनाउने निर्णय गरेको छ ।
एमाले अध्यक्ष ओलीकै प्रस्तावमा प्रचण्ड प्रधानमन्त्री बन्न लाग्नुभएको हो । बैठकमा सहभागी दलहरुबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको हो ।
बैठकमा ओलीले प्रचण्डकै नेतृत्वमा सरकार बनाउने प्रस्ताव गर्नुभएको थियो । सो प्रस्तावमा सहमति जुटेको हो । ‘प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति भयो, १६६ सांसदको समर्थन जुटेको छ,’ बैठक सकिएलगत्तै एमालेका एक नेताले भने ।
प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमालेसँग ७८ सांसद छ । माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२, जनमत पार्टी ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद जोड्दा १६६ सांसद हुन्छ ।













प्रतिक्रिया दिनुहोस्