काठमाडौं, ११ पुस । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिनुभएको छ ।
कांग्रेस सभापतिसमेत रहनुभएका देउवाले प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रचण्डलाई बधाई तथा शुभकामना दिनुभएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।
माओवादी केन्द्रको बैठक बसिरहेका बेला अध्यक्षसमेत रहनुभएका प्रचण्डलाई देउवाले फोन गरेर बधाई तथा शुभकामन दिनुभएको हो।
कांग्रेससहितको गठबन्धन तोडेर प्रचण्ड आइतबार एमालेसहितका दलको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । उहाँले सोमबार अपरान्ह ४ बजे प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्