जनता टाइम्स

११ पुष २०७९, सोमबार १५:०५

प्रधानमन्त्री प्रचण्डसँगै तीन उपप्रधानमन्त्रीको शपथ


काठमाडौं, पुस ११ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग तीन जना उपप्रधानमन्त्रीले शपथ लिने हुनुभएको छ ।

नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल, नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेले उपप्रधानमन्त्रीको शपथ लिने निश्चित भएको हो ।

एमाले उपाध्यक्ष पौडेलले उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालय सम्हाल्नु हुनेछ भने माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठको मन्त्रालय टुंगिएको छैन ।

यस्तै रास्वपाका लामिछानेले गृह मन्त्रालयको दाबी गर्नुभएको छ । मन्त्रालय बाँडफाँटका लागि सात दलीय गठबन्धनमा छलफल जारी रहेको छ ।