काठमाडौं, १३ पुस । जनता समाजवादी पार्टीको संसदीय दलको नेताका लागि अशोक राई र राजकिशोर यादव आकांक्षी हुनुहुन्थ्यो । तर, अध्यक्ष उपेन्द्र यादवले आफ्ना विश्वासपात्र यादवलाई संसदीय दलको नेता बनाउनुभएको हो ।
जसपासँग १२ सांसद छन्। तीमध्ये राईको पक्षमा पाँच र सातजना उपेन्द्र यादव पक्षका हुनुहुन्थ्यो । राई दलको नेता बनेर सरकारमा पार्टीको नेतृत्व गर्न चाहनुहुन्थ्यो । तर अध्यक्ष यादवले उनको चाहना पूरा हुन दिनुभएन ।
यादवको निर्णयपछि अशोक राई असन्तुष्ट बन्नुभएको छ । यो घटनाले जसपामा विवाद देखिएको छ ।













प्रतिक्रिया दिनुहोस्