जनता टाइम्स

१३ पुष २०७९, बुधबार १४:२१

समसामयिक कुरा भयो भन्दै प्रचण्ड निवासबाट बाहिरिएनुभयो अध्यक्ष ओली


काठमाडौं, १३ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारबाट बाहिरिनुभएको छ । साढे २ घण्टा भेटवार्तापछि खुमलटारबाट प्रचण्ड बाहिरिनुभएको हो । प्रचण्डसँग समसामयिक विषयमा छलफल भएको अध्यक्ष ओलीले बताउनुभयो ।

दुई नेताबीच आगामी सहयात्रा र सत्ता गठबन्धनमा हुने भागबण्डाको विषयमा छलफल गरेको बुझिएको छ।यसअघि संसद् विघटन गर्नु अघिल्लो दिन २०७७ पुस ४ गते साँझ ओली खुमलटार पुग्नुभएको थियो । प्रतिनिधिसभा विघटनपछि ओली र प्रचण्डबीच दूरी बढेको थियो।सरकार पहिलो चरणमा गरेको जनतालाई सेवा प्रभाव र सुशासन सन्दर्भमा गरेको निर्णयलाई कार्यान्वयन गर्ने विषयमा छलफल भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्ले बताउनुभयो ।

भोलि फेरि बालुवाटारमा सत्ता साझेदारी दलको शीर्ष नेताहरुबीच छलफल हुने उहाँले बताउनुभयो ।उहाँले मन्त्रालय भागबण्डाको विषयमा सामान्य छलफल भएपनि भोलिबाटै मात्रै औपचारिकता पाउने उहाँको भनाइ छ।माधव नेपाललाई सरकारमा ल्याउने प्रधानमन्त्रीले पहल थालेपछि सकारात्मक रूपमा प्रक्रिया अघि बढेको बताउनुभयो ।