जनता टाइम्स

१३ पुष २०७९, बुधबार १४:४२

एमाले कर्णालीको संसदीय दलको नेतामा कँडेल


सुर्खेत, १३ पुस । एमाले कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा यामलाल कँडेल चयन हुनुभएको छ ।

दलको भर्खरै सम्पन्न पहिलो बैठकले कँडेललाई सर्वसम्मत रूपमा दलको नेतामा चयन गरेको हो । एमालेको स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज समेत रहनुभएका कँडेल सुर्खेत २ (क) बाट प्रदेशसभामा निर्वाचित हुनुभएको हो ।