जनता टाइम्स

१३ पुष २०७९, बुधबार १८:५६

ज्योतिषले निकालेको साइतमा बालुवाटार सर्नुभयो प्रधानमन्त्री प्रचण्ड


काठमाडौं, १३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटारमा सर्नुभएको छ । उहाँ बुधबार साँझ बालुवाटार प्रवेश गर्नूभएको हो ।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार विहानमात्र बालुवाटारबाट भाडाको घरमा सर्नुभएको थियो । प्रधानमन्त्री प्रचण्ड ज्योतिषले निकालेको साइतमा बालुवाटार प्रवेश गर्नुभएको हो । उहाँले बालुवाटारमा गृहप्रवेशअघि पूजापाठसमेत गर्नुभएको थियो ।