काठमाडौं, १८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रालयका सचिवहरूसँग छलफल गर्दै हुनुहुन्छ ।प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार सोमबार बिहान ११ बजे प्रधानमन्त्री प्रचण्डले विभिन्न मन्त्रालयका सचिवहरूसँग छलफल गर्न लाग्नुभएको हो ।मन्त्रालयहरूमा भइरहेका कार्यप्रगति र समस्यालगायत विषयमा छलफल केन्द्रित रहने बताइएको छ।यसैबीच आजै प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीहरूसँग पनि छलफल गर्न लाग्नु भएको छ । सोमबार बिहान १० बजे सिंहदरबारमा निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गर्ने कार्यक्रम छ।प्रधानमन्त्री प्रचण्डले अहिलेसम्म ८ जना मन्त्री बनाउनुभएको छ । तर अधिकांश मन्त्रालय प्रधानमन्त्री प्रचण्डले नै हेर्ने गरी राखिएको छ।
मन्त्रालयका सचिवहरूसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड













प्रतिक्रिया दिनुहोस्