जनता टाइम्स

२१ पुष २०७९, बिहीबार १७:५४

सरकारलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय


काठमाडौं, २१ पुस । एकीकृत समाजवादीले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । आज बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो । तर, सरकारमा भने सहभागी नहुने उसले निर्णय गरेको छ ।

१० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले २६ पुसमा प्रतिनिधिसभाबाट विश्वासको मत लिने हुनुभएको छ । २५ पुसबाट संघीय संसदको अधिवेशन सुरु हुँदैछ । २६ पुसमा बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने व्यवस्था गरिदिने प्रधानमन्त्री प्रचण्डले संघीय संसद सचिवालयलाई पत्राचार गरिसक्नु भएको छ ।