काठमाडौं, २२ पुस । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले विश्वासको मत पाएसँगै मन्त्रिपरिषदले पूर्णता पाउने बताउनुभएको छ । आज मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भइरहेको जानकारी दिनुभएको हो ।
१० पुसमा प्रधानमन्त्री प्रचण्डले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
जसअनुसार प्रधानमन्त्री प्रचण्डले २६ पुसमा बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने तयारी गर्नुभएको छ । २५ पुसबाट संघीय संसदको अधिवेशन सुरु हुँदै छ । यसको भोलिपल्ट बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने व्यवस्था गर्न प्रधानमन्त्री प्रचण्डले संघीय संसद सचिवालयलाई पत्राचार गरिसकेका छन् । यसर्थ २६ पुसपछि मात्रै सरकारले पूर्णता पाउने भएको छ ।













प्रतिक्रिया दिनुहोस्