जनता टाइम्स

२२ पुष २०७९, शुक्रबार १९:१४

स्ववियु निर्वाचन नजिकिएसंगै एकीकृत समाजवादी निकट अखिलमा छटपटी सूरु


काठमाडौं, २२ पुस । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन घोषणा भएसँगै नेकपा (एस) निकट विद्यार्थीमा छटपटी सुरुभएको भएको छ । यसै छटपटाहटका कारण संगठनका नेताहरू प्रधानमन्त्री प्रचण्ड गुहार्न पुग्नुभएको छ ।

एकीकृत समाजवादी निकट विद्यार्थी संगठनका अध्यक्ष द्देश पराजुली, महासचिव आरती लामालगायतका विद्यार्थी नेताले शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर एकताको पहल गरिदिन गुहार माग्नुभएको बालुवाटार श्रोतले बताएको छ । एक्ला-एक्लै चुनावमा गए एमाले निकट अनेरास्ववियुले देशभर वाजी मार्ने निश्चित भएपछि सबै विद्यार्थी संगठनमा खलबली मच्चिएको छ ।

कतिपय विद्यार्थी संगठन विभिन्न वाहाना निर्वाचन हुन नदिने खेलमा लागेको बताइन्छ । बाम विद्यार्थीहरूको बीचमा एकता नभए निर्वाचन भाँड्ने÷हुन नदिने चलखेल सुरु भइसकेको श्रोतले बताएको छ ।