काठमाडौं, २३ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले साझा यातायातको बिजुली बस चढेर पाटन जाँदै हुनुहुन्छ । शनिबार ललितपुरको पिम्बहालमा आयोजित एक कार्यक्रममा सहभागी हुन उहाँ शीतल निवासबाट साझा बसमा चढेर पाटन आउन लागेको ललितपुर महानगरकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार दिउँसो १ बजे पिम्बहालमा सांगीतिक कार्यक्रमको आयोजना गरिएको छ । पाटन ढोकामा ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन लगायतले स्वागत गर्ने कार्यक्रम छ। त्यहाँबाट पिम्बहाल सम्म पैदल यात्रा गर्ने कार्यक्रम रहेको उपमेयर बज्राचार्यले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्