जनता टाइम्स

२३ पुष २०७९, शनिबार १६:०३

दार्चुलामा तुइनबाट खसेर एक बालक बेपत्ता


दार्चुला, २३ पुस । ब्यास गाउँपालिका –४ स्थित तुइनबाट खसेर एक बालक बेपत्ता हुनुभएको छ । कौनेणी तुइन तर्ने क्रममा खसेर बालक बेपत्ता भएका स्थानीयले बताउनुभएको छ ण्।

तुइनबाट खसेर बालक बेपत्ता भएको खबर आएको र यसबारे थप बुझ्ने प्रयास गरिरहेको व्याँस गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले बताउनुभयो।
स्थानीयका अनुसार भारत जाने क्रममा तुइनबाट खसेर वडा नम्बर ४ डोकटका १० वर्षीय बालक दिपेन्द्र विष्ट महाकाली नदीमा बेपत्ता हुनुभएको हो ।

बिहीबार बिहान भारततिर खर काट्न जानुभएकी आमाको पछि(पछि गएका दिपेन्द्र तुइनबाट नदीमा खस्नुभएको थियो । व्यास क्षेत्रमा सञ्चार सुविधा नभएका कारण शनिबार मात्रै घटना बाहिरिएको हो ।