जनता टाइम्स

२३ पुष २०७९, शनिबार १६:११

साझाको बिजुली बस उद्घाटन गर्न राष्ट्रपति भण्डारी पाटनमा (केही दृश्य)


काठमाडौं, २३ पुस । साझा यातायातले नेपालमा भित्र्याएको ठूला आकारका बसको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको छ । उहाँले साझाको केन्द्रीय कार्यालय ललितपुरको पाटन पुगेर बसको उद्घाटन गर्नुभएको हो ।

सो क्रममा उहाँले साझामा चट्नु पनि भएको थियो । साझाले यी बस काठमाडौंको विभिन्न रुटमा चलाउने जनाएको छ । तुलनात्मक रुपमा यस्ता बस सञ्चालन खर्न निकै कम पर्ने जनाइएको छ । साथै वातावरणमा प्रदुषण त कम गर्ने नै भयो ।