काठमाडौं, २४ पुस । हिजो ( शनिबार) राष्ट्रपति विद्यादेवी भण्डारी साझाको विजुली बस उद्घाटन गर्न साझा यातायात नै चढेर ललितपुर जानु भएको थियो । राष्ट्रपति भण्डारीले गाडीको ढोकाको तल भूईमा राखिएको पिर्का टेकेर गाडीमा उक्लिएको फोटोलाई शनिबारैदेखि सामाजिक सञ्जालमा ट्रोल बनाइएको छ । कतिपयले त ‘महारानी’ भनेर अमानवीय टिप्पणी गरेका छन् ।
खासमा साझा यातायातले ल्याएको विजुली बस उद्घाटन गर्न शनिबार राष्ट्रपति भण्डारी साझा यातायातनै चढेर पाटन जानु भएको थियो । साझा बसमा उक्लनका लागि सहज बनाउन ढोका मुनि भूईमा पिर्का राखिएको थियो । सोही पिर्कामा टेकेर उहाँ गाडीमा उक्लनु भएको थियो । गाडी चढदा पिर्का राखिएको कुरा सामाजिक सञ्जालमा ट्रोल बनाइएको हो ।
यस्तो रहेछ कारण
राष्ट्रपतिका देवर डा.भण्डारीका अनुसार कम्मरको जोर्नीका दुवै हड्डी प्रत्यारोपण गरिएका कारण गाडी चढ्दा र ओर्लिदा ढोका र भुइको बीचमा पिर्का आवश्यक परेको हो । ‘हिप रिप्लेसमेन्ट’ गरेका व्यक्तिहरुले यस्तो सावधानी नअपनाउने हो भने ‘हिप डिसलोकेट’ हुन्छ ।

राष्ट्रपति भण्डारी मात्र होइन निवर्तमान प्रधानमन्त्री आरजु राणा देउवाको पनि यस्तै हिप रिप्लेसमेन्ट गरिएको रहेछ । त्यसैकारण केही समयअघि लुम्विनीमा उहाँ देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछाडि उभिनु भएको रहेछ । हिप फेरेर कृत्रिम हिप राखेकाले थ्याच्च भूइँमा बस्न, अलि लामो खुडकिला उक्लन, उकालो ओरालो हिडन नहुने चिकित्सकको सल्लाह हुन्छ । त्यस्तो नगरे फेरि हिप राख्नु पनेृ समस्या आउन सक्ने चिकित्सकहरू बताउछन् ।













प्रतिक्रिया दिनुहोस्