जनता टाइम्स

२५ पुष २०७९, सोमबार १३:३३

एमाले संसदीय दलको बैठक जारी


काठमाडौं, २५ पुस । नेकपा एमाले संसदीय दलको बैठक जारी छ । प्रतिनिधिसभाको बैठक बस्नुअघि एजेण्डाबारे छलफल गर्न अहिले बैठक बसिरहेको हो ।

बैठकमा संसदीय दलका नेता अध्यक्ष केपी शर्मा ओलीले संसदमा पार्टीको भूमिकाबारे, सरकारको प्रभावकारी काममा मन्त्री तथा पार्टीका सांसदको भूमिकाबारे निर्देशन दिइरहनुभएको छ ।

एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदैछन् ।