जनता टाइम्स

२५ पुष २०७९, सोमबार १३:३८

संसदमा नयाँ दलको प्रवेश लोकतन्त्र र नागरिक सम्प्रभूताको जित : प्रधानमन्त्री प्रचण्ड


काठमाडौं, २५ पुस । प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा नयाँ राजनीतिक दलको प्रवेशले लोकतन्त्र र नागरिक सम्प्रभूताको जित भएको बताउनुभएको छ ।

संघीय संसदको हिउँदे अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संसदमा नयाँ राजनीतिक दल र नयाँ अनुहारको प्रवेशले लोकतन्त्र र नागरिक सम्प्रभूताको जित भएको बताउनुभएको हो ।

उहाँहरुमा देश र जनताको हितमा काम गर्न हुटहुटी रहेको प्रचण्डको भनाइ छ ।