जनता टाइम्स

२५ पुष २०७९, सोमबार १३:४४

सभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्ने यी सांसद् चुनिए


काठमाडौं, २५ पुस । प्रतिनिधिसभा बैठकमा सभामुखको अनुपस्थितिमा सभाको अध्यक्षता गर्नका लागि विभिन्न दलबाट ७ सांसद मनोनीत हुनुभएको छ । । निर्वाचनपछिको पहिलो प्रतिनिधि सभाको बैठकमा अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले उहाँहरूलाई नियुक्त गर्नुभएको जानकारी गराउनुभएको हो ।

यसरी नियुक्त हुनुहुनेमा सांसदहरूमा ईश्वरी न्यौपाने, चन्दा कार्की, देवराज घिमिरे, प्रतीक्षा तिवारी मुखिया, बुद्धिमान तामाङ, रामकृष्ण यादव र सुशीला श्रीपालि ठकुरी रहनु भएको छ।