पोखरा, २५ पुस । एकीकृत समाजवादीमा प्रवेश गरेका प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे)ले एमाले नेतृत्वको गण्डकी सरकारलाई समर्थन दिने हुनुभएको छ । एमाले संसदीय दलका नेता खगराज अधिकारीले केहिबेररमा मुख्यमन्त्रीको दाबीसहित प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाउनु हुनेछ ।
केन्द्रमा एकीकृत समाजवादी प्रतिपक्षमा रहने सम्भावना अधिक छ । तर, गण्डकीमा भने मनाङे सरकारमा जान खोजिरहनुभएको छ । सरकारमा दाबी पेश गर्न आफू पनि जाने मनाङेले बताउनुभयो ।
उहाँले अहिलेको आवश्यक्ता कम्युनिष्ट सरकार भएको भन्दै वामपन्थीहरू एकैठाउँमा रहनुपर्ने पनि बताउनुभयो । ‘केन्द्रमा के हुन्छ मलाई मतलब भएन । यहाँ म खगराजलाई भोट हाल्छु,’ उहाँले भन्नुभयो, ‘अहिले राप्रपाले सहयोग गरे पनि उ निस्किन सक्छ । हामी कम्युनिष्ट मिले आफ्नै सरकार बन्छ ।’ राप्रपाले जुनसुकै बेला धोका दिनसक्ने उहाँको भनाइ छ ।













प्रतिक्रिया दिनुहोस्