काठमाडौं, २५ पुस । जनमत पार्टी अध्यक्ष तथा दलका नेता चन्द्रकान्त राउत ९सिके राउत०ले देशको भौगोलिक अखण्डताका लागि संघीयता अपरिहार्य रहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उहाँले देश जातीय तथा धार्मिक विधितायुक्त रहेकाले भौगोलिक अखण्डताका लागि संघीयता अपरिहार्य रहेको बताउनुभएको हो । यसका लागि आफू नै उदाहरण रहेको उहाँको भनाइ छ ।
लोकतान्त्रिक व्यवस्थाको रक्षा र सम्वर्द्धन गर्नुपर्नेमा जोड दिँदै उहाँले जनताको यावत् समस्या समाधान गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्