काठमाडौं, २५ पुस । जसपाका रामसहायप्रसाद यादवले आवश्यक कानुन नबन्दा प्रदेश सरकारले चाहेअनुसार काम गर्न नसकेको बताउनुभएको छ ।
आज बसेको संघीय संसदको हिउँदे अधिवेशनको जारी बैठकलाई सम्बोधन गर्दै उहाँले आवश्यक कानुन नहुँदा प्रदेश सरकारको निर्देशन कर्मचारी र प्रहरीले नमान्ने गरेको बताउनुभयो ।
प्रदेश सरकारलाई काम गर्न सक्नेगरी कानुन बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । साथै, नागरिकताको समस्या समाधान गर्न तत्काल नागरिकता विधेयक पारित गर्नुपर्ने उहाँले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्