काठमाडौं, २५ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफलका लागि पार्टीका शीर्ष नेताहरूलाई आफ्नो निवास धुम्बाराहीमा बोलाउनुभएका छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभापति देउवालाई भेटेर आफूलाई विश्वासको मत मागेपछि देउवाले पार्टीका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाउनु भएको हो ।
आइतबार साँझ देउवालाई भेटेर प्रचण्डले भोलि संसद्मा आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको थियो । त्यसपछि देउवाले आवश्यक छलफलका लागि पार्टीका शीर्ष नेताहरूलाई धुम्बाराही बोलाउनुभएको हो ।














प्रतिक्रिया दिनुहोस्