काठमाडौं, ३० पुस । नेपालगन्जकी निर्मला कुर्मीको अपहरण र बेपत्ता बनाइएपछि न्यायका लागि माइतीघर मण्डलामा धर्नारत अधिकारकर्मीहरूलाई गृहमन्त्री रवि लामिछानेले आज भेट गर्नुभएको छ । भेटका क्रममा गृहमन्त्रीले धर्नामा रहेका अधिकारकर्मी र आफन्तहरूलाई न्याय पाउनेमा ढुक्क हुन आग्रह गर्नुभयो ।
यस विषयमा गृहमन्त्री हुनुभन्दा अघि पनि आवाज उठाएको र अब पनि निरिन्तर लागिरहेको उहाँले बताउनुभयो । निर्मला कुर्मीको अपहरण र बेपत्ता बनाउने घटनामा राजनीतिकर्मीकै संलग्नता रहेको आरोप छ । लामिछानेले जोसुकैको संलग्नता भए पनि दोषीलाई कारवाही गरेरै छाड्ने बताउनुभयो ।















प्रतिक्रिया दिनुहोस्