सुर्खेत, पुस ३० । कर्णाली प्रदेशमा सभामुख पदका लागि नन्दा गुरुङले उम्मेदवारी दर्ता गर्नुभएको छ । एमाले सांसद गुरुङले आज दिउसो उम्मेदवारी दर्ता गराउनु भएको हो ।
४० सदस्यीय कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, नेकपा एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्रबाट एक/एक जना सांसद रहेका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेकोले एमाले नेतृ गुरुङ सभामुख हुने लगभग निश्चित छ ।













प्रतिक्रिया दिनुहोस्