जनता टाइम्स

६ माघ २०७९, शुक्रबार ०७:०५

प्रधानमन्त्रीको प्रेस संयोजकमा सूर्यकिरण


काठमाडौं, ६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रेस संयोजकमा सूर्यकिरण शर्मा नियुक्त हुनुभएको छ।

शर्मासँग लामो समयदेखि नेकपा ९माओवादी केन्द्र०का अध्यक्षसमेत रहनुभएका प्रचण्डको प्रेस संयोजक भएर काम गर्नुभएको अनुभव छ।

दुई दिनअघि प्रधानमन्त्री प्रचण्डको प्रेस संयोजकको औपचारिक नियुक्ति दिएको उहाँले जानकारी दिनुभयो।